काठमाडौँ– अस्ट्रेलिया पठार्ईदिन्छु भन्दै ठगी गर्ने एक अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ धुनीवेशी नगरपालिका– ८ का २४ वर्षीय किशोर गिर्ताैला रहेका छन् । उनीमाथि बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा देखाई अष्ट्रेलिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखेपश्चात् विदेश नपठाई सम्पर्कविहीन भएको आरोप छ ।
यसक्रममा उनले पिडितबाट १७ लाख रुपैयाँ लिएको खुलेको काठमाडोँ उपत्यका अपराध अनुसन्धानका प्रहरी उपरीक्षक अंगुर जिसीले बताए । यस सम्बन्धमा पक्राउ गिर्ताैलाउपर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।


























































