काठमाडौँ– सार्क सीसीआईका कार्यवाहक अध्यक्ष चण्डीराज ढकालले दक्षिण एसियाको सबल अर्थव्यवस्थाका लागि कमीकमजोरी भन्दा सबल तथा सम्भावित पक्षमा ध्यान दिइनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


अपियामा अक्टोबर २३–२४ तारिखका आयोजित ‘कमन वेल्थ बिजनेश फोरः२०२४’ कार्यक्रममा बोल्दै ढकालले आफ्नो सो राय प्रस्तुत गरेका हुन् ।


ADVERTISEMENT

# # #


साउथ एसियालाई प्रतिनिधित्व गरेका ढकालले समारोहलाई सम्बोधन गर्दै दक्षिण एसियाली मुलुकहरुसंग अर्थ उत्पादनका सम्भावनाहरु प्रचुर रहेको बताए । ‘यसका लागि विशेषगरी नेपाल र नेपालजस्ता मुलुकहरुले आफ्नो आवश्यकता अनुसार रोजगार रोजगार सिर्जना गर्नुपर्छ’, उनले भने ।

नेपाल कमन वेल्थको सदस्य नभएतापनि सार्कराष्ट्रमा धेरै कुराहरु साझा हुनसक्ने बताउदैँ उनलेसार्क एसियाबाट भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभसजस्ता देशहरु प्हिले सदस्य भइसकेको अवस्थामा नेपाललाई पनि अहिलेको अवस्थाअनुरुप उपयुक्त दिदैँ लगानीको कार्यक्षेत्र बनाइनुपर्नेमा जोड दिए । ‘यसका लागि फ्रि क्रस बोर्डर र क्षेत्रीय सहकार्यमा केन्द्रित हुनु निकै अत्यावश्यक रहेको छ’, उनले सुनाए ।

साथै उनले आर्थिक सहकार्यका लागि दक्ष उप्रवास, क्षेत्रीय आर्थिक सहकार्यलाई प्राथमिक रुपमा प्रस्तुत गर्दै यसका लागि श्रम गतिशिलतालाई बढावा दिने, दिगो जैविक विविधता, प्रवासीय आर्थिक स्तरोन्नति सेवालाई प्राथमिकता दिइनुपर्नेमा जोड दिए । यसैगरि, आधारभूत संरचनाका लागि महिला सशक्तिकरणको आवश्यकता पनि महत्वपूर्ण रहने उनको भनाई छ ।

प्रवासिय गतिशिलताले आर्थिक पक्षमा अहम् भूमिका निर्वाह जनाउद्यो ढकालले नेपालको ठूलो युवा जनशक्ति रोजगारका लागि विभिन्न राष्ट्रहरुमा फैलिएको र यसैमार्फत दुई भिन्न राष्टले« आपसी फाइदालाई लिनसक्ने जनाए ।

‘प्रायर टु वान रिसिलेन्ट कमन फ्युचर, ट्रान्सफर्मिङ आवर वेल्थ’ भन्ने मुल नारा रहेको सो बैठकलाई सार्क क्षेत्रको लगानी तथा उन्नत आर्थिक पक्षका लागि महत्वपूर्ण रुपमा लिइन्छ ।