काठमाडौं-सरकारले औद्योगिक वस्तु निर्यातमा उपलब्ध गराउँदै आएको नगद प्रोत्साहन (अनुदान) प्रभावहीन बनेको छ।


ADVERTISEMENT


बर्सेनि नगद प्रोत्साहन रकमको आकार बढ्दै गए पनि निर्यात बढ्न सकेको छैन। राष्ट्र बैंकका अनुसार हालसम्म एक अर्ब ४१ करोड रुपैयाँ नगद प्रोत्साहन रकम वितरण भइसकेको छ।


ADVERTISEMENT

# # #


सरकारले निर्यात अभिवृद्धि गरेर व्यापार घाटा कम गर्ने उद्देश्यसहित आर्थिक वर्ष २०६८/६९ देखि तेस्रो मुलुकतर्फ (भारतबाहेकका मुलुक) को निर्यातमा नगद प्रोत्साहन उपलब्ध गराउन सुरु गरेको हो।

कुल व्यापारको दुई तिहाई हिस्सा ओगट्ने भारतर्फको निर्यातमा नगद प्रोत्साहन उपलब्ध छैन। तोकिएका औद्योगिक उत्पादन निर्यात गरेर प्राप्त परिवत्र्य विदेशी मुद्रा (डलर) बैंकमा दाखिला भएको आधारमा व्यवसायीले एक वा दुई प्रतिशत नगद प्रोत्साहन पाउँछन्। नगद प्रोत्साहन पाउन निर्यात गरिएका वस्तुमा न्यूनतम ३० प्रतिशत मूल्य अभिवृद्धि भएको हुनुपर्छ।,-यो खबर आजको अन्नपुर्ण पोष्टबाट