काठमाडौँ – महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले लैंगिक समानता कायम गर्ने सन्दर्भमा वर्तमान सरकार गम्भीर रहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंको भृकुटीमण्डपबाट ३३ औं अन्तराष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै मन्त्री सुडीले विभिन्न नीतिगत, कानूनी एवं संरचनात्मक सुधार गदैै लैंगिक समानता कायम गर्न सरकार गम्भीर रहेको बताए ।


ADVERTISEMENT

# # #


उहाले बिभिन्न रुपमा हुने लैंगिक हिंसाको नियन्त्रण, हिंसामा परेका पीडित र प्रभावितहरुका लागि उचित क्षतिपूर्ति र पीडकलाई दण्डका साथै कानूनी कारवाहीको व्यवस्थालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए ।

मन्त्री सुडीले प्रदेश र स्थानीय तहसंगको सहकार्यमा दिर्घकालीन तथा अल्पकालीन पूनस्र्थापना केन्द्रहरु सञ्चालन गरिएको, एकल महिला हक अधिकारको संरक्षण कार्यक्रमलाई अघि बढाइएको जानकारी दिए ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भका अवसरमा बिभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा भृकुटीमण्डपबाट र्याली निकालेका थिए । हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता भन्ने नाराका सोमबारबाट सुरु भएको अभियान मंसिर २५ गते समापन हुने बताइएको छ ।