काठमाडौँ– सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र सुकुटेमा आगामी माघ १ देखि ५ गतेसम्म राष्ट्रियस्तरको भलिबल प्रतियोगिता हुने भएको छ ।


ADVERTISEMENT


सिन्धुपाल्चोक भलिवल संघ र सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै माघ १ गतदेखि ७ औं महिला तथा ८ औं पुरुष राष्ट्रिय बीच भलिबल प्रतियोगीता आयोजना हुने जनाएको हो ।


ADVERTISEMENT

# # #


सुकुटे करिडोरमा पर्यटन प्रवद्र्धनका लागि खेल क्षेत्रको महत्वपूर्ण योगदान हुने भएकाले प्रतियोगीता आयोजना गर्दै आएको संघले जनाएको छ । पत्रकार सम्मेलनमा नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगीताको संयोजन संघले गरेको जानकारी दिए । बीच भलिबलको राष्ट्रिय प्रतियोगीतामा सात वटा प्रदेशबाट दुइ–दुई टोली र बिभागीय टीमका दुई–दुई टोलीको सहभागीता रहने उनले बताए ।

प्रतियोगीता सम्पन्न गर्नका लागि सोमबार नै नेपाल भलिवल संघ, सिन्धु सुकुटे पर्यटन व्यवसायी संघ र जिल्ला भलिबल संघ सिन्धुपाल्चोकबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।