काठमाडौँ– काठमाडौं महानगरपालिका वडा नंवर १६ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।


ADVERTISEMENT


उपनिर्वाचन आउन केहि दिनमात्र बाँकी रहदा उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत काठमाडौं महानगरपालिका वडा नंवर १६ को वडाध्यक्ष पदमा मा कांग्रेस, एमाले, रास्वपा लगाएत १० स्वतन्त्र सहित १८ जना उम्मेदवार कायम भएको निर्वाचन आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


सो वडाका लागि कांग्रेसले देवेन्द्र पाठक, एमालेले लक्ष्मीरत्न मानन्धर र राष्ट्रिय स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै सोहि वडामा राप्रपा, नेकपा एककिृत समाजवादी, राप्रपा नेपााल, जसपाका उम्मेदवार पनि चूनावी मैदानमा छन् । यसअघिका वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।