काठमाडौँ– सहकारी प्रकरणमा अनुसान्धान जारी रहेका पूर्वडिआइजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।
छातीमा गाह्रो भपछि उनलाई गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको हो । उनलाई चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएकोजिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्त शर्माले बताए ।
उनले भने, ‘उहाँले छातीमा असहज महसुस भएको बताउनुभएपछि चेक जाँचका लागि अस्पताल लगेका थियौँ । डाक्टरको सिफारिस अनुसार भर्ना गरेर अहिले सबै परीक्षणहरू भइरहेको छ ।’
एकै मुद्दामा उही हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने अस्पताल भर्ना हुन इन्कार गरेका छन् । केही दिनदेखि निरन्तर रक्तचाप बढेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो । ‘ सो क्रममा चिकित्सकले अस्पताल भर्ना हुन सुझाव दिनुभएको थियो, तर उहाँले मान्नु भएन,’ शर्माले भने ।
रविले यसअघि स्वमय् विगतमा हिरासत छल्न भीआइपीहरु अस्पताल बस्ने प्रवृत्तिको विरोध गर्ने गरेका थिए । उनी गृहमन्त्री हुँदा हिरासत छल्ने प्रवृत्ति अन्त्यका लागि भन्दै तीन बुँदे निर्देशनसमेत जारी गरेका थिए ।