काठमाडौँ – उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले कांग्रेसप्रति जनतामा रहेको आशालाई निराशामा बदल्ने अवस्था आउन दिन नहुने बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा कांग्रेसको सय दिने अभियानअन्तर्गत काठमाडौं वडा ३१ मा आयोजित कार्यक्रममा कांग्रेसका नेता समेत रहेका सिंहले जनताको अधिकार प्राप्तिका लागि नेतृत्वदायी भूमिका निर्वाह गरेको कांग्रेस पार्टीप्रति अहिले पनि जनताको ठूलो आशा रहेको भन्दै निराशामा बदल्ने अवस्था आउन दिन नहुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले कांग्रेसकै नेता तथा कार्यकर्ताहरुले पार्टी हित विपरित बोल्दा त्यसलाई जनतामा नकारात्मक नजिता देखिने भएकाले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राखे । कांग्रेसका संगठनहरुमा देखिएका कमजोरीलाई सच्चाएर अघि बढ्नुपर्ने उनले बताए ।

उनले संगठनकै माध्यमबाट जनप्रतिनिधिहरु बनेकाले संगठनलाई बेवास्ता गर्न नहुने उल्लेख गरे ।