काठमाडौँ– नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाडौँस्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ ।


ADVERTISEMENT


आ.व. २०८०/२०८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहज्यको समुपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।


ADVERTISEMENT

# # #


कम्पनीका अध्यक्ष सिंहको सभापतित्वमा सम्पन्न भएको चेयरपर्सन क्लब कार्यक्रममा अथक परिश्रम र मेहनतबाट तोकिएको लक्ष्य पुरा गरी सदस्यता प्राप्त गर्ने सबैलाई बधाई ज्ञापन गर्दै छनौट भएका सबै अभिकर्ताहरुलाई चेयरपर्सन क्लब सदस्यता वितरण र विभिन्न विधाहरुमा सर्वोत्कृष्ट घोषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरिन् ।

सो अवसरमा उनले आ.व. २०८०/८१ मा समग्र जीवन बीमा बजार ९.९४ प्रतिशतले वृद्धि भएकोमा कम्पनीले १७ प्रतिशतले वृद्धि गर्न सफल हुनुमा अभिकर्ताहरुको अतुलनिय योगदान रहेको बताइन् । कम्पनीको वित्तिय सूचकहरु पनि सन्तोषप्रद रहेको तथा कम्पनीको वित्तिय संरचना, कम्पनीका प्रचलित बीमा योजनाहरु, बीमितहरुलाई प्रदान गर्दै आएको प्रतिफल बोनसदर, पुँजी बजारमा कम्पनीको उपस्थिती, व्यापक अभिकर्ता संजाल आदि सबैले आउने दिनहरुमा कम्पनीले थप प्रगती गर्नेमा उनले विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले स्वागत भाषणका क्रममा कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहसंग सम्वन्धित कार्यक्रमलाई उच्च प्राथमिकतामा राखी केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट व्यवसायिक अभिकर्ताहरुलाई प्रत्यक्ष लाभ पुगेको बताए । साथै उनले चेयरपर्सन क्लब कार्यक्रमलाई थप मर्यादित र आकर्षक बनाउन विगत देखि नै प्रयास गर्दै आई रहेको हँुदा उत्कृष्ट व्यवसाय गर्ने व्यवसायिक अभिकर्ताहरु थप उत्साहित भएको बताए ।

कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई सम्पत्ती शुद्धिकरण सम्बन्धी जानकारी दिने उदेश्यले नियमनकारी निकाय श्री नेपाल बीमा प्राधिकरणका उपनिर्देशक साम्भराज लामिछानेबाट सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

यस्तै, चर्चित प्रशिक्षक अमित शर्माले कार्यक्रममा सहभागि अभिकर्ताहरुलाई उत्प्रेरणात्मक प्रशिक्षण प्रदान वभिन्न उदाहरण प्रस्तुत गर्दै प्रशिक्षण प्रदान गरे । कुनै पनि कार्यमा सफलता हासिल गर्नका लािग आफ्नो काममा विशेष फोकस गर्नुपनमा उनले जोड दिए ।