काठमाडौं–जंगली हात्तीको आक्रमणबाट झापाको बिर्तामोड नगरपालिकामा दुई जनाको मृत्यु भएको छ ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार हात्तीको आक्रमणबाट आज दिउँसो बिर्तामोड ३ बिर्ता बजारका ६५ वर्षीय च्याङग्रा राजवंशी र वडा नं. ७ मियाबारीका ७० वर्षीय लसुने मियाँको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


उनीहरु दुबैलाई बिर्तामोड ७ स्थित सुन्दर निताझोडा सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो । दुबै जनाको घटनास्थलमै मृत्यु भएको बिर्तामोडमा प्रहरी नायव उपरिक्षक कृष्ण कोइरालाले बताएका छन् ।

वनमा घाँस, दाउरा गर्न गएको समयमा उनीहरुलाई हात्तीले आक्रमण गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।