काठमाडौँ– नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य मिलन पुडासैनीले बकैयाका एक क्लबलाई सहयोग गरेका छन् ।


ADVERTISEMENT


पुडासैनीले नवनमुना युवा क्लब बकैया–४ का खेलाडीहरुका जर्सि प्रदान गरेका हुन् । उनले एक समारोहबीच उक्त जर्सी नेपाली कांग्रेस बकैया–४ सभापति तथा नेबि संघ जिल्ला सचिव सुनिल बोम्जनलाई प्रदान गरे ।


ADVERTISEMENT

# # #


कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको प्रमुख स्वकिय समेत रहेका उनले सो सहयोगबाट खेलाडीहरुलाई केही हदसम्म मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यसैगरि सहयोग ग्रहण गर्दै सचिव बोम्जनले हार्दिक पुडासैनीप्रति आभार व्यक्त गरे । यसबाट खेलाडीहरुको मनोबल बढ्ने उनले बताए ।