काठमाडौँ– राष्ट्रिय वाणिज्य बैंकले आफ्नो वार्षिकोत्सवको सुखद अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।
बैंकले आफ्ना वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई आकर्षक पुरस्कार र बोनस प्रदान गरेर आफ्नो विशेष दिनलाई उनीहरूसँग मनाउने उद्देश्यसहित विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।
जसअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्गमा नयाँ दर्ता गर्ने दुई भाग्यशाली ग्राहकले नयाँ स्मार्टफोन प्राप्त गर्नेछन् । साथै, आरबीबी डिजिटल संसार, राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरेर ५०० रुपैयाँ वा सोभन्दा बढीको मोबाइल टपअप गर्ने ग्राहकहरू मध्ये १०० भाग्यशाली विजेताहरूलाई १०० रुपैयाँको टपअप बोनस प्रदान गरिने बैंकले बताएको छ।
बैंकका अनुसार, पौष १० देखि माघ १० सम्म लागू हुने उक्त अभियानका विस्तृत नियम र शर्तहरूका लागि राष्ट्रिय वाणिज्य बैंकको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्महरूमा गराइनेछ।
यस प्रकारका कार्यक्रमहरूले बैंक र ग्राहकबीचको सम्बन्धलाई अझ बलियो बनाउन योगदान दिने बैंकको विश्वास छ।