काठमाडौँ – विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले कुलपतिका हैसियतामा नवनियुक्त उपकुलपतिहरुलाई सपथ गराएका हुन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले सपथ लिएका हुन् ।

सो क्रममा प्रधानमन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरुलाई कार्यकाल सफलता शुभकामना दिए । सपथ समारोहमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगाएतको उपस्थीति रहेको थियो ।