काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको खेलकुद क्षेत्रको विकासमा पार्टीले ध्यान दिने बताएका छन् ।


ADVERTISEMENT


नेपाल लोकतान्त्रिक खेलकुद संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले खेलकुद जगतलाई कांग्रेसले महत्वका साथ हेरेको भन्दै यस क्षेत्रको विकासमा ध्यान दिने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले हरेक युवाहरुलाई खेल क्षेत्रमा जोड्न सके खेलको पनि विकास हुने धारणा राखे । देउवाले विभिन्न रनिङ् शिल्डलाई पनि प्रभावकारी ढंगले निरन्तरता दिनुपर्नेमा जोड दिऐ । ओलम्पिक कमिटीमा देखिएको विवाद उचित नभएको भन्दे उनले अदालतको आदेश सवैले मान्नुपर्ने जिकिर गरे ।

कार्यक्रममा संघको महाधिवेशन केन्द्रीय निर्देशन समिति संयोजक एवं कांग्रेस सांसद मोहन बहादुर बस्नेतले देशलाई चिनाउनका लागि खेलकुदको धेरै योगदान रहेपनि खेल क्षेत्रको उचित विकास हुन नसकेको बताए ।

उनले खेलकुदको क्षेत्रमा भएको बजेट न्यून रहेकाले यसलाई बढाउनका लागि पार्टीले पनि पहल गर्नुपर्ने धारणा राखे । उनले सबै तहका खेल क्षेत्रमा केही न केही रकम छुट्टाएको अवस्थामा सबैले आ–आफ्नो ठाँउबाट पनि खेल क्षेत्रलाई अघि बढाउन भूमिका निर्वाह गर्नुपर्ने बताए ।