काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीले पार्टीको राजनीतिक प्रतिवेदन पेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकमा अध्यक्ष ओलीले देशको वर्तमान वर्तमान अवस्था, नयाँ सरकार गठन भएपछिका ५ महिना र सरकारका काम काबाही तथा आगामी बाटोहरु समेटेर राजनीतिक प्रतिवेशन परेका गरेका हुन् ।


ADVERTISEMENT


उनले जनतामा बढ्दै गरेको नैराश्यतालाई अन्त्य गर्न र लोकतन्त्र नै संकटमा पर्न सक्ने अवस्थालाई बोध गर्दै काँग्रेससँग सत्ता सहकार्य गर्नुपरेको बताएका छन् । ‘नेकपा ९एमाले० र नेपाली काङ्ग्रेसका बिचमा निर्माण गरिएको यस सहकार्यको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु हो । राजनीतिक अस्थिरता गहिरिँदै जाँदा यसले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा रहेका शक्तिहरूको मनोबल बढ्दै गएर लोकतन्त्र नै सङ्कट पार्ने स्थितिलाई बोध गर्दै हामी यस निष्कर्षमा आइपुगेका हौं।’ प्रतिवेदनमा भनिएको छ,‘अस्थिरता बढ्दै जाने र मुख्य राजनीतिक शक्तिहरू विभाजित अवस्थामा रहने स्थितिले राष्ट्रिय मनोबललाई कमजोर तुल्याउने, भूराजनीतिक प्रतिष्पर्धाको चुनौतीपूर्ण अवस्थामा राष्ट्रिय हितको रक्षा झनै कठिन हुने र नेपालको अहित चाहनेहरूलाई सजिलो हुने यथार्थलाई पनि हामीले अनुभूत गरेका छौं।’


ADVERTISEMENT

# # #


सरकारका काम सकारात्मक तर अप्रयाप्त

अध्यक्ष ओलीले वर्तमान सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘नयाँँ सरकारका कामहरु सकारात्मक छन्, तर प्रयाप्त भने छैनन् । दुई मुल्य दलको साझेदारी र अन्य दलहरु समेतको सहभागितामा बनेको शक्तिशाली सरकारबाट जनताले अझ तीव्र विकास, परिवर्तन र डेलिभरीको अपेक्षा गरिरहेका छन् ।’ उनले जाजरकोटमा भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पुनर्निमार्णको काम थालनी नहुनु, गन असोज दोस्रो साता गएको बाढीपछिको पुनर्स्थापनामा ढिलाई हुनु सोचनीय विषय रहेको बताएका छन् ।

यस्तै आफूले उत्पादन गरेको वस्तुहरुको मूल्य नपाएर मर्कामा परेका किसानको समस्या समाधान हुन नसक्नु, विकास निर्माणमा अपेक्षित गति आउन नसक्नु, सरकारी सेवा प्रवाह, लगानी र व्यवसायमैत्री वातावरणमा अपेक्षित सुधार आउनु नसक्ने सरकारका चुनौती रहेको उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सरकारले यस दिशामा अपेक्षित परिणाम दिनैपर्छ ।’

माओवादीको पूर्वराजावादीसँग साँटगाँठ

अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजावादीहरुसँग साँटगाँठ गरिरहेको आरोप लगाएका छन् । ओलीले कोशीमा माओवादीले उग्र जातीयतावादीहरुको समूहसँग मिलेर राष्ट्रिय एकता र सामाजिक सद्भाव खल्बल्याउने प्रयास गरेको जिकिर गरेका छन् ।

“असार ३० साँझसम्म प्रधानमन्त्रीकै कुर्चीमा रहेका र कुर्चीमा रहँदासम्म देश समृद्ध बन्दै गरेको, अर्थतन्त्र लयमा फर्किएको र निराशाको मात्रै कुरा गर्न नहुने भाषण गरिरहेका प्रचण्ड सरकारबाट हटेको दुई साता नबित्दै संसद्को रोष्ट्रमबाट नेपाल बंगलादेशजस्तै बन्ने अभिव्यक्ति आयो । यो अन्त्यन्त गैरजिम्मेवार, गैर कूटनीतिक र अशोभनीय टिप्पणीमात्रै थिएन, राजनीतिक अवसरवादको भद्दा नमुना पनि थियो । आज माओवादी केन्द्र एक वर्षअघि आफ्नै प्रदेशसभा सदसयहरुको सहभागितामा नामकरण गरिएको कोसीको विरुद्ध उग्र जातीयतावादी समूहहरुसँग मोर्चाबन्दी गरिरहेको छ । ऊ राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्याउन उद्दत देखिएको छ । पूर्वराजावादीहरुसँग बाक्लै बसाउठी छ ।”

यस्तै आफ्नो चीनभ्रमण लगायतका विषयमा माओवादीले सार्वजनिक गरेका अभिव्यक्ति माओवादीमा गहिरिँदो राजनीतिक विचलन, अस्थिरता, अवसरवाद र सरकारबाट बाहिरिनु पर्दाको पीडाका अभिवयक्ति मात्रै रहेको ओलीको भनाई छ ।

प्रतिवेदनको पूर्णपाठ हेर्नुहोस्: