काठमाडौं–त्रिभुवन विमानस्थल,भन्सार कार्यालय,गौचर काठमाडौंमा करार सेवामा कार्यरत नायव सुब्बा राजदीप शाक्य घुससहित रंगेहात पक्राउ परेका छन्।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिएको टोलीले ५० हजार घुससहित शाक्यलाई पक्राउ गरेको हो।


ADVERTISEMENT

# # #


विदेशबाट आयात गरी ल्याएको दुईवटा सिपमेन्ट चाँदी छुट्याउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीको आधारमा कार्यकक्षबाटै शाक्यलाई नियन्त्रणमा लिएको सहन्यायाधिवक्ता एवं प्रवक्ता पदमप्रसाद पाण्डेयले जानकारी दिए। उनले शाक्यलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए ।