काठमाडौं–आईसीसी विश्वकप छनोट खेल्न जिम्बाबे पुगेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा युएईलाई ५ विकेटले हराउँदै शानदार जित दर्ता गरेको छ । टस हारेर पहिले ब्याटिङ गर्दै युएईले दिएको १७२ रनको लक्ष्य नेपाली टोलीले ४ बल बाँकी छँदै पुरा गर्‍यो ।


ADVERTISEMENT


नेपालको जितमा शरद भेषावकरले नटआउट ४१ तथा आरिफ शेखले नटआउट २३ रन जोडे । यस्तै कप्तान पारस खड्काले ३९ बलमा १ चौकासहित २८ रनको योगदान गरे । ३२ बलमा दीपेन्द्रसिंह ऐरीले आक्रमक पारी खेल्दै ४ चौका र एक छक्कासहित ४१ रनको योगदान दिए ।


ADVERTISEMENT

# # #


खराब सुरुवात गरेको नेपालका ओपनिङ ब्याट्सम्यान दिलीप नाथ ४ तथा ओपनर ज्ञानेन्द्र मल्ल १२ रनमा आउट भए । अनिलकुमार साह ११ रनमा आउट भएका थिए । बलिङतर्फ युएईका अमिर हायतले २ विकेट लिए । यस्तै मोहम्मद नाबिद, अहमद राजा र रोहन मुस्ताफालेले १–१ विकेट लिए ।

यसअघि जिम्बावेको क्वेक्वे मैदान ओसिलो भएका कारण २९ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको युएई २८.५ ओभरमा १ सय ७१ रनमा अलआउट भयो । युएईका लागि अस्फक अहमेदले ४२ रन जोडे । यस्तै गुलाम सब्बेरले ३२ रनको योगदान दिए । यस्तै शैनमान अनवारले १६ रन जोड्दा मोहमद उस्मानले २६ रन बनाए । अडनान मुफ्तीले ३७ रन बनाएका थिए ।

बलिङतर्फ नेपालका ललित भण्डारीले ४ विकेट लिए भने करण केसीले ३ विकेट हात पारे। ललित राजवंशी २ विकेट तथा कप्तान पारस खड्काले १ विकेट लिए । आफ्नो ६ ओभरको स्पेलमा ललितले ४० रन खर्चंदा ४ विकेट हात पारेका थिए । उनको नाममा युएईका कप्तान रोहन मुस्तफा सहित शैमान अनवर, मोहम्मद उस्मान र मोहम्माद बुटाको विकेट रह्यो ।

यसअघि नामिबियामा सम्पन्न आइसीसी विश्वक्रिकेट लिग डिभिजन–२ को नेपाली टोलिमा परेका ललितले डिभिजन–२ प्रतियोगितामा खेल खेल्ने भने मौका पाएका थिएनन् । नेपालको बलिंगमा करन केसीले ३ र राष्ट्रिय टोलिबाट आफ्नो पहिलो खेल खेलेका ललित नारायण राजबंशीले २ विकेट हातपारे। ५ ओभरको स्पेलमा ललितले ३० रन खर्चेर २ विकेट हात पारे।

यसपाली पनि नेपाली ओपनिङ खराब रह्यो । ओपनर ज्ञानेन्द्र मल्लले पहिलो ओभरमा नै ३ वटा चौका प्रहार गर्दै १२ रन जोडे पनि दिलिप नाथले पनि पहिलो बलमानै चौका प्रहार गरे पनि दोस्रो बलमा एलबिडब्लु धरापमा परे । त्यसपछि अनिल कुमार साह र पारस खड्काले नेपालको चेजलाई अघि बढाउँदै तेस्रो विकेटका लागि १८ रनको साझेदारी गरे । तर, व्यक्तिगत ११ रन जोडेका अनिल मोहम्मद नविदको बलमा बोल्ड हुँदै तेस्रो विकेट स्वरूप पभेलियन फर्किए । त्यसपछि ब्याटिंग गर्न आएका शरद भेषवाकरले पारससँग चौथो विकेटका लागि ३० रनको साझेदारी गर्दै खेललाई नेपालतर्फ फर्काए । पारसले रोहन मुस्तफाको बलमा आउट हुनुअघि २८ रनको योगदान गरे ।

शरदलाई क्रिजमा साथ दिन आइपुगेका दिपेन्द्र सिंह ऐरीले बिष्फोटक ब्याटिंग गर्दै ३२ बलमा ४ चौका र १ छक्कासहित ४१ रन जोड्दै आउट भए । शरदले खेलमा अविजित ४१ रन बनाए भने अरिफ शेखले अविजित १५ बलमा २ चौका र १ छक्का सहित २३ रन जोडे । युएईको बलिंगमा अमिर हयातले दुई विकेट लिएपनि जित दिलाउन विफल रहे ।

दोस्रो अभ्यास खेलमा नेपालले बिहीबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।