काठमाडौँ – लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले सरकारले मागेको कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम रहेको बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा अध्यक्ष रेग्मीले देशभर नै सरकारलाई आवश्यक परेको कर्मचारी व्यवस्थापन गर्न आयोग सक्षम रहेको बताएका हुन् । उनले सरकारले माग गरेको कर्मचारीलाई पूर्ति गर्ने काम आयोगले गरिरहेको भन्दै आयोगले आफूखुसी कर्मचारी माग्ने काम नगरेको स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


रेग्मीले आयोगका आफ्नै सिद्धान्त रहेकाले मायादयाका आधारमा काम गर्न नसक्ने धारणा राखे । केन्द्रमा लोकसेवा आयोग हुँदाहुँदै प्रदेशमा लोकसेवा स्थापना गर्नुपर्ने कारणबारे पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ ।

उनले प्रदेश लोकसेवा आयोगले अस्थायी, करार, ज्यालादारीरुपमा कर्मचारी नियुक्ति गर्न नसक्ने उल्लेख गरे । अध्यक्ष रेग्मीले देशैभर एउटै निकायले कर्मचारी व्यवस्थापन गर्न सके एकै खालको सुशासन कायम हुने र त्यही अनुसार कामको गुणस्तर हुने जिकिर गरे ।

लोकसेवा आयोगको वार्षिक प्रतिवेदनमाथिको छलफलका क्रममा समिति सदस्यहरुले समावेशी सिद्धान्तका आधारमा भर्ना छनौट विधिप्रति जिज्ञासा राखेका थिए ।