काठमाडौँ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)को १६औँ राष्ट्रिय महाधिवेशन यही फागुन २६ गतदेखि काठमाडौंमा हुने भएको छ ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्याब्सनले फागुन २६ र २७ गते १६ औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा आयोजना गरेको जानकारी गराएको हो । महाधिवेशनमा प्रतिनिधित्व गर्नका निम्ति बैध महाधिवेशन प्रतिनिधिले डिजिटल माध्यमबाट नाम दर्ता गराइसकेको प्याव्सनले जनाएको छ ।


ADVERTISEMENT

# # #


महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने अध्यक्ष डीके ढुङ्गानाले जानकारी दिए । उनले महाधिवेशनमा प्रतिनिधि, पर्यवेक्षक, आतिथि गरि करिव दुई हजार सहभागी हुने बताए ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको प्याव्सनले जनाएको छ । महाधिवेशनका क्रममा अग्रजहरुलाई सम्मान गरिने अध्यक्ष ढुङ्गानाले जानकारी दिए ।