काठमाडौँ– नेपाल प्रहरीले अमेरिकाबाट निष्काशन परि नेपाल फर्काइएका नेपालीहरुसंग सोधपुछ गरेको छ ।


ADVERTISEMENT


नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो पुर्‍याइएका उनीहरुलाई सोधपुछ गरिएको हो । अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरुसंग बुझ्ने काम भएको ब्युरोका प्रवक्ता प्रहरी उपरिक्षक नरेन्द्र कुँवरले जानकारी दिए ।


ADVERTISEMENT

# # #


प्रारम्भिक सोधपुछका क्रममा केहि नेपालीहरु ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानून उलंघन गरेर फर्काइएको पाइएको उनले बताए । त्यस्तै उनीहरुले अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले जानकारी दिए

बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरुलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।