काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले माओवादीको जनयुद्ध कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो भएको मात्रै भएको बताएका छन् ।


ADVERTISEMENT


२६ औं यदु स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले जनयुद्ध कहिले पनि देशको हितमा नरहेको भन्दै कम्युनिष्ट आन्दोलनलाई बदनाम गर्ने आत्मघाती बाटो भएको मात्रै भएको बताएका हुन् । जनयुद्धका कारण खरवौंको क्षति भएको र अहिले गाँउ रित्तो हुनुको प्रमुख कारण जनयुद्ध रहेको उनले जनाए ।


ADVERTISEMENT

# # #


मन्त्री गुरुङले बुलेटबाट नभइ व्यालेटबाट राजतन्त्रको अन्त्य भएको र मुलुकमा परिवर्तन सम्भव भएको धारणा राखे । शान्तिपूर्ण ढंगले मुलुकमा क्रान्ति सम्भव भएकाले माओवादीको जनयुद्ध गलत थियो भन्ने पुष्टि भएको उनले बताए । गुरुङले माओवादीले जनयुद्ध बेचेर खाइसकेको भन्दै हिंसा भन्ने शव्दबाट डराएर भागेको तर्क गरे ।

उहाले नागरिकको अभिव्यक्ति स्वतन्त्रता हनन गर्न नभई समाजमा देखिएको अराजक गतिविधिलाई नियन्त्रण गर्नका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याएको दावी गरे । कार्यक्रममा यदु स्मृति पुरस्कार वरिष्ठ पत्रकार दिलभूषण पाठकलाई प्रदान गरिएको थियो ।