काठमाडौँ– जल तथा ऊर्जा आयोगको सचिवालय सचिव मधु प्रसाद भेटवालले जलवायु परिवर्तनका कारण पूर्वाधारको दिगो विकासमा चूनौती देखा परेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंमा आयोजित जल सुशासनका लागि एकीकृत नदी वेसिन योजना र व्यवस्थापन बिषय कार्यशालामा उनले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा पानीको स्रोत संकुचित हुदै गएको र अत्याधिक बाढीका कारण आयोजनहरुमा क्षति हुने गरेकाले समग्र पूर्वाधारको दिगो बिकासमा चूनौति देखा परेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


जलश्रोतको दिगो बिकास जरुरी रहेको उनले जनाए । उनले भावी पुस्ताको आवश्यकतालाई समेत ध्यानमा राखेर दिगो पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने जिकिर गरे । नेपाल जलश्रोतको धनी देश भएपनि आवश्यक परेका स्थानमा सहज रुपमा पानी व्यवस्थापन हुन नसकेको उनको भनाइ छ ।