काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँका मेयर बालेन साहको पूख्र्याैली घर पुगेका छन् ।


ADVERTISEMENT


महोत्तरीस्थित जनतासँग माओवादी तराई मधेस जागरण अभियान अन्तर्गत प्रचण्डसहित अभियान टोलीलाई एकडारा गाउँपालिकाले साहको पुख्र्याैली घरमा स्वागत गरेको हो । कार्यक्रम हाल गाउँपालिकाले प्रयोग गरिरहेको घरमा आयोजना गरिएको थियो । जुन काठमाडौ महानगरपालिका प्रमुख साहको पुर्ख्यौली घर हो ।


ADVERTISEMENT

# # #


समारोहमा बोल्दै प्रचण्डले बालेनको घरमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदा रमाइलो महसुस भएको बताए । ‘बालेन साहको पुर्ख्यौली, उहाँको बा लगायत काकाहरुको घरमा, हामी आइपुगेका छौं । यो पनि एउटा रमाइलो महसुस भाछ,’ प्रचण्डले भने, ‘बालेन जीले पनि सुनिरहनु भएको होला । हामी सबै मिलेर यो देश बनाउनु छ ।’