काठमाडौँ – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले एक जना कर्मचारीका लागि दलीयकरण नगर्न बिपक्षी दललाई सुझाव दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै घिमिरेले कुलमान घिसिङलाई देवत्वकरण नगर्न समेत सुझाव दिए ।


ADVERTISEMENT


एउटा कर्मचारीलाई दलीयकरण गरेर संसद्को प्रतिपक्ष उठेको देख्दा लाज लागेको उनले बताए । नेपालको कर्मचारीतन्त्र दूधले नुहाएको नभएको उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


उनले देवत्वकरण गरेर टाउकोमा नै बोकेर हिँड्ने हो भने सबै प्रतिपक्षी दलहरूको अध्यक्ष कुलमानलाई नै बनाउन सुझाव दिए ।

त्यस्तै उहाले बर्षायाम अघि नै विपी राजमार्ग निर्माणको काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए ।