काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षसम्मका किशोरीहरूलाई लगाएको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप सरकारको नियमित खोप कार्यक्रममा समावेश गरिने बताएक छन् ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप सुरक्षित र प्रभावकारी भएकाले नियमित खोप कार्यक्रममा समावेश गरिने जानकारी दिएका हुन् ।
उनले यस बर्षमात्रै १४ लाख ४६ हजार भन्दा बढि किशोरीहरुलाई उक्त खोप लगाइएको बताए । अब १४ वर्षभन्दा माथिका किशोरीलाई पनि एचपिभी खोप लगाउनेबारे अध्ययन भइरहेको उनले बताए ।