काठमाडौँ – वित्तीय शोषणविरुद्ध विभिन्न ९ वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् ।


ADVERTISEMENT


बिहिबार काठमाडौंमा पीडितहरुले पत्रकार सम्मेलनको आयोजना गरी चैत १७ गतेदेखि काठमाडौंमा विशाल प्रदर्शनसहित निर्णायक आन्दोलनको घोषणा गरेका छन् ।


ADVERTISEMENT

# # #


सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तीय शोषण गर्ने संस्थाहरुलाई कार्वाही पनि नगर्ने र पीडितहरुलाई न्याय पनि नदिएको भन्दै आन्दोलन गर्ने जानकारी दिए । विभिन्न पीडित संगठनहरुको संयुक्त आन्दोलन अबको समयमा निर्णायक बन्ने उनको भनाई छ ।

त्यस्तै लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति अध्यक्ष मनिराम ज्ञवालीले पीडितहरु न्यायका लागि निरन्तर संघर्षमा रहँदा पनि सरकारले नसुनेको र उल्टै पीडितहरुलाई नै दमन गर्न थालेको बताए । वित्तीय पीडतहरुको आन्दोलनलाई साथ दिने प्रतिबद्धता जाहेर गर्दै पूर्व आईजीपी सर्वेन्द्र खनालले सबै किसिमका वित्तीय पीडितहरु एक ठाउँमा आउन आग्रह गरे ।