पोखरा– पोखरा लेकसाइडमा कोटिहोमको भूमिपुजन महानगरपालिकाले रोक्न खोज्दा दुई पक्षबीच झडप भएको छ ।
पोखरा महानगरले अनुमति नदिएको स्थानमा मानव सेवा फाउन्डेसन, नेपालले कोटीहोम सञ्चालनका निम्ति भूमिपुजन राखेपछि महानगर प्रहरीले हस्तक्षेप गर्न खोजेको थियो । सो क्रममा दुई पक्षबीच झडप भएको हो । सो क्रममा ११ जना नगर प्रहरी घाइते भएका छन् ।
विजय भण्डारीको नेतृत्वमा अघि सारिएको कोटीहोमको भूमिपुजन रोक्न पुगेका नगर प्रहरीमाथि उनका समर्थकले कुटपिट गरेको प्रहरीको भनाई छ। त्यसलाई रोक्न प्रहरीले समेत असहयोग गरेको महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाको गुनासो छ ।