काठमाडौँ – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको बाँडफाँड शुक्रबार सम्पन्न भएको छ ।
एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा रहेको उक्त कम्पनीको आईपीओ बिहीबार बिहान एक कार्यक्रमकाबीच बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।
कम्पनीले प्रति शेयर १ सय रुपैयाँ दरका १८ लाख ४५ हजार कित्ता साधारण शेयरका फागुन ११ गते देखि १५ गतेसम्म सर्वसाधारणका लागि सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । जसका लागि कूल १८ लाख १७ हजार १४८ जनाले २ करोड २४ लाख ४६ लाख ३५० कित्ता शेयरको लागि आवेदन दिएका थिए ।
जसमध्ये १० हजार ३८६ जना आवेदकबाट १ लाख ७१ हजार ९६० कित्ता शेयरका लागि रितपूर्वक आवेदन नरहेकाले उक्त आवेदनहरु रद्द गरि रिएको थियो । बाँकी रहेका १८ लाख ६ हजार ७६२ जना आवेदकलाई गोलाप्रथा मार्फत बाँडफाँड गरिएको हो ।
यसअघि नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरिएको थियो ।
यस्तै ३ प्रतिशत अर्थात ६७ हजार ५०० कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरे गरिएको थियो ।