काठमाडौं–इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले आर्सनलमाथि शानदार जित हात पारेको छ । बिहीबार राति भएको खेलमा लिग लिडर सिटीले शीर्ष चारमा पर्न संघर्षरत आर्सनललाई ३–० गोल अन्तरले हराएको हो । अब सिटीलाई लिगमा बाँकी १० मध्ये ५ खेल जिते उपाधि पक्का हुनेछ ।


ADVERTISEMENT


आर्सनलको सिटीसँग पाँच दिनमा दोस्रो हार हो । कार्बेला कपको फाइनलमा पनि आर्सनल सिटीसँगै ३–० ले नै पराजित भएको थियो ।


ADVERTISEMENT

# # #


इमिरेट्स स्टेडियममा भएको खेलमा सिटीले १५ औं मिनेटमा बेनान्डो सिल्भाको गोलबाट अग्रता लिएको थियो । २८ औं मिनेटमा सिल्भाले गोल गरे भने पाँच मिनेटपछि सानेले गोल गरे ।

दोस्रो हाफमा भने दुबै टिमबाट गोल हुन सकेन । जितपछि म्यानचेष्टर सिटीको २८ खेलबाट ७५ अंक भएको छ र शीर्ष स्थानमा छ । आर्सनल भने ४५ अंकका साथ छैटौं स्थानमा छ ।