काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बहादुर सिंहले एमाले सांसद रघुजी पन्तले सांसद ज्ञानेन्द्र शाहीको मानहानी गरेको भन्दै सचेत गराउन माग गरेका छन् ।


ADVERTISEMENT


सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सिंहले जुम्लाबाट जनताले चूनेर पठाएका सांसद शाहीमाथि अपशव्द बोलेर मानहानी गरेको भन्दै एमाले सांसद पन्तको अभिव्यक्ति रेकर्डबाट हटाउन र सचेत गराउन माग गरेका हुन् । संसदको आइतबारको बैठकमा सांसद पन्तले राजसंस्थाका बारेमा झुटो इतिहास सुनाएको उनले बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै सांसद सिंहले आर्थिक बिकासका लागि भन्दै यौन व्यवसायलाई व्यवसायीकरण गर्ने कांग्रेस सांसद श्याम घिमिरेको प्रस्तावप्रति पनि आपत्ति जनाए ।

आइतबार बसेको संसद बैठकमा सांसद घिमिरेले यौन व्यवसायलाई व्यवसायिकरण गर्नुपर्ने धारणा राखेका थिए ।