काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले दिगो जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार ललितपुरमा नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह उद्घाटन गर्दै मन्त्री खड्काले जलवायु परिवर्तनको असरका कारण हिमनदी खुम्चिदै गएकाले जलश्रोत व्यवस्थापनका लागि सरकारले गम्भीर भएर काम गरिरहेको बताए । जलवायु परिवर्तनका कारण जलश्रोत व्यवस्थापन र भविष्यको जलसुरक्षामा गम्भीर चूनौति सिर्जना भएको उनले जनाए ।


ADVERTISEMENT

# # #


मन्त्री खड्काले जलवायु परिवर्तनको असरलाई न्यूतिकरण गर्दै जलश्रोतलाई जोगाउनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय साझेदारीलाई अघि बढाउनुपर्ने धारणा राखे । जलश्रोतसम्बन्धी अध्ययन प्रभावकारी बनाउदै मौसम परिवर्तनको असर न्यूनिकरण गर्न दिर्घकालीन नीति बनाउनुपर्ने उनले बताए ।

मन्त्री खड्काले जलश्रोत विधेयक छिटै अघि बढ्ने भन्दै यसमा जलश्रोत उपयोग र संरक्षणका लागि आवश्यक नीतिको समेत व्यवस्था गरिएको जानकारी दिए ।