काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गनुपर्ने धारणाप्रति माफी मागेका छन् ।


ADVERTISEMENT


बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा घिमिरेले आफुले राखेको धारणाले पर्न गएको नकारात्मक प्रभावप्रति क्षमायाचना गरेका हुन् ।


ADVERTISEMENT

# # #


उनले चैत ३ गते संसदको विशेष समयमा सदनमा राखेको धारणा व्यक्तिगत भएको र कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको स्पष्ट पारेका छन् ।

घिमिरेले नेपालमा यौन व्यवसाय खुला धारणा राखेपछि सदनमा विरोध भएको थियो ।