काठमाडौँ– नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’ को ट्रिजर सार्वजनिक गरिएको छ ।
भिडियोमा बच्चामा देखिएको अटिजमको समस्या र कसैसँगको प्राइभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ । जसमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि घिमिरेको अभिनय देख्न सकिन्छ ।
यस्तै, चलचित्रको विशेष शो यही चैत्र १२ गते आईएनआई सिनेमाज् मा साँझ ५ बजे प्रशारण हुँदैछ । टिकटका लागि ९८०८६७०९६७ मा सम्पर्क गर्न सकिनेछ ।
फिल्म अनिता पण्डितले निर्देशन गरेकी हुन् । फिल्मबाट समाज परिवर्तनको लागि सामाजिक मुद्दामा फिल्म बनाएको पण्डितले बताइन् ।