काठमाडौँ– संसदमा रहेका विपक्षी दलहरूले कुलमान घिसिङलाई पदबाट बर्खास्त गर्ने सरकारको निर्णय विरुद्ध सडक र सदनबाट विरोध गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले शक्ति प्रयोग गरेर सरकारले घिसिङलाई पदबाट बर्खास्त गरेको निष्कर्ष निकाल्दै सडक र सदनबाट विरोध गर्ने निर्णय गरिएको रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
विधि–विधानबिपरित दुई तिहाइको बलमा घिसिङलाई पदबाट हटाउने कामका साथै सरकारका अन्य क्रियाकलापबिरुद्ध समेत एक भएर आवाज उठाउने निर्णय भएको उनले बताए । उनले देशको हितका लागि उत्कृष्ट काम गर्ने कर्मचारीलाई आफुले भनेको कुरा नमान्दा सरकारले जवरजस्ती निकाल्ने कामको प्रतिकार हुने स्पष्ट पारे ।
बैठकमा माओवादी अध्यक्ष प्रचण्डले केहि दिन अघि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासंग भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा मात्रै छलफल भएको र कुलमान घिसिङका बिषयमा कुनै छलफल नभएको जानकारी गराएका थिए ।