काठमाडौँ– सुनसरीस्थित इटहरीमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ ।
इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा बुधबार बिहान साढे ९ बजेदेखि आगो लागेको हो । प्लाजाको पाँचौ तल्लामा आगलागी भइरहेको छ । आगलागी भएको तलाभन्दा माथिको तलामा केही मानिस फसेका छन् । यद्यपि त्यहाँ कति मानिसहरु फसेका छन् भन्ने यकिन हुन सकेको छैन ।
हाल सुरक्षाकर्मीको टोली उद्दार कार्यमा खटिएको छ भने आगलागी के कति कारणले भयो खुल्न बाँकी छ ।