काठमाडौँ– नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आफ्नो कार्यकाल सफल रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रबैंकमा आयोजित कार्यक्रममा आफ्नो ५ वर्षे कार्यकालको समिक्षा गर्दे राष्ट्र बैंकको स्वयतत्तामा हस्तक्षेप हँुदापनि विभिन्न समस्यासंग जुध्दै सफलता पुर्वक कार्य सम्पादन गरेको गर्भनर अधिकारीले बताए ।
उनले वित्तीय पहँुच वृद्धि गर्ने तथा भुक्तानी प्रणालीको आधुनिकीकरण गर्ने कार्यमा समेत उल्लेखनिय उपलब्धीहरु हाँसिल भएको बताए । गर्भनर अधिकारीले नेपालको मुल्य तथा बाह्य क्षेत्र स्थायित्व गर्ने, वित्तिय प्रणाली प्रति सर्वसाधारणको विश्वास अभिवृद्धि गर्ने जस्ता जिम्मेवारी पुरा गर्न बैकले मौद्रिकनीति, नियामकीय नीतिहरु तर्जुमा गरेको जानकारी दिए ।
उनले वित्तीय स्थायीत्व कायम गर्नका लागि बैंकले विभिन्न अन्तराष्ट्रिय असल अभ्यासहरु अवलम्वन गर्दे वित्तीय सस्थाहरुको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउदै लगेको उल्लेख गरे ।
गर्भनर अधिकारीले आफ्नो कार्यकालमा कार्य सम्पादनका लागि सहयोग पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गरे । २०७६ साल चैत्र २४ गते ५ वर्षे कार्यकालका लागी अधिकारी गर्भनरमा नियुक्त भएका थिए ।