काठमाडौँ– गरिमा विकास बैंकका ग्राहकले दराजमा विशेष छुट पाउने भएका छन् ।
बैंक र दराजबीच भएको सम्झौता अनुसार गरिमाका ग्राहकले दराजको खरीदमा १५ प्रतिशतसम्म छुट पाउने भएका हुन् ।
जसअन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५% वा अधिकतम रु.७५० सम्म र डेविट कार्ड होल्डर ग्राहकहरुले १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्नेछन् । चैत्र २२ गतेदेखिसुरु भएको यस योजना चैत्र ३१ गतेसम्म लागू हुने बताइएको छ ।
गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।
हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटिएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।