काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरीले ज्यादती गरेको भन्दै मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ ।


ADVERTISEMENT


बुधबार रास्वपाका नेताहरु ललितपुरस्थीत आयोगको कार्यालय पुगेर सामान्य प्रक्रिया समेत पुरा नगरि लामिछानेलाई ज्यादतीपूर्ण ढंगले पक्राउ गरेको र सो क्रममा मानव अधिकारको गम्भीर उल्लंघन भएको भएको भन्दै निवेदन दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


रास्वपाले लामिछानेलाई पक्राउ गर्दा भएको मानव अधिकारको उल्लंघनको घटनाको छानविन गर्दै दोषीलाई कारवाही गर्न समेत माग गरेको छ । रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले सामान्य प्रक्रिया पुरा नगरि अभद्र व्यवहार र धरपकडसहित लामिछानेलाई पक्राउ गरेको भन्दै छानविनका लागि आयोगमा निवेदन दर्ता गरिएको जानकारी दिए । राज्य संयन्त्रले मानव अधिकार हनन हुनेगरी धरपकड गरेकाले छानविन गरि दोषीलाई कारवाही गर्न माग गरिएको उनले बताए ।

त्यस्तै बिना अनुमति लामिछानेको घर पुगेर अभद्र व्यवहार गरेर प्रहरीले मानवअधिकारको गम्भीर उलंघन गरेको रास्वपाले जनाएको छ । रास्वपाको ध्यानाकर्षण र निवदेन बुझ्दै मानवअधिकार आयोगका अध्यक्षले उक्त घटनाको छानविन गर्ने र आवश्यक कामकारवाही अघि बढाउने प्रतिवद्धता जनाएको बुर्लाकोटीले जानकारी दिए ।