काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएको बताएका छन् ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा पौडेलले चालू आर्थिक बर्षमा बिना अध्ययनका करिव ११ हजार योजनामा बजेट लोड गरिएका कारण कार्यान्वयनमा समस्या देखिएको बताएका हुन् । यसअघि ७ हजार आयोजना रहेकोमा ११ हजार योजना थप गरी १८ हजार आयोजना रहेको र त्यसलाई अघि बढाउन समेत समस्या भएको उनले बताए ।


ADVERTISEMENT

# # #


पौडेलले सिमित स्रोतको अत्याधीक सदूपयोगमा सरकारले ध्यान दिएको भन्दै आगामी आर्थिक बर्षको बजेट निर्माणमा पनि सिमित स्रोतलाई ध्यान दिइने उल्लेख गरे । उनले क्यालेन्डर बनाएर आगामी आर्थिक बर्षको बजेट निर्माणको काम भइरहेको र बजेट लेखन टोलीले काम सुरु गरिसकेको जानकारी दिए ।

संविधानमा उल्लेख अधिकारको सुनिश्चितताको सीमाभित्र रहेर बजेट निर्माणका गर्ने सोचका साथ गृहकार्य भइरहेको उनको भनाइ छ । त्यस्तै अर्थमन्त्री पौडेलले वर्तमान सरकार गठन हुनुभन्दा पहिलेका सरकारका कामकारवाहीका कारण मुलुक ग्रे लिष्टमा पुगेको भन्दै यसबाट निस्कने सम्दर्भमा समयवद्ध कार्यतालिका बनाएर अघि बढिरहेको जानकारी दिए ।

उनले ग्रे लिष्टबाट बाहिर निस्कन दुई बर्षको समय रहेपनि त्यसभन्दा अघि नै बाहिर निस्कने गरि सरकार अघि बढेको जिकिर गरे । पौडेलले सुशासन बिना समृद्धि सम्भव छैन भन्ने सोचका साथ मन्त्रालयले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए ।