काठमाडौँ– विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत शिक्षक र प्रहरीहरुबीच घम्साघम्सी भएको छ ।


ADVERTISEMENT


केही दिनयता सक्रिय प्रदर्शन गरिरहेका शिक्षकहरुको टोली माइतीघर–बबरमहल सडकको तीन लेन नै कब्जा गर्न खोजेपछि प्रहरीसँग धकेलाधकेल भएको हो ।


ADVERTISEMENT

# # #


यसअघि प्रहरीसँग समन्वय गरेर मुख्य सडकको बीचको एक लेनबाट मात्रै प्रदर्शन गर्दै आएका शिक्षकहरू आज भने सुरुबाटै तीनवटै लेन कब्जा गर्दै अगाडि बढेका छन्।

शिक्षकहरूले तीन लेनको सडक पूरै कब्जा गर्न खोजेपछि सुरक्षाकर्मीहरूसँग घम्साघम्सी भएको थियो। सुरुवातमै सडकको पूर्ण नियन्त्रण लिन खोज्दा स्थिति केही समय तनावग्रस्त बनेको थियो।

अहिले शिक्षकहरू पूर्ण रूपमा तीनै लेनमा बसेर प्रदर्शन गरिरहेका छन् भने सडकमा सवारीसाधनको आवागमन रोकिएको छ। ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनका लागि वैकल्पिक मार्ग अपनाउँदै सवारीसाधनलाई करिडोरमार्फत डाइभर्ट गरेको छ।

यसअघि प्रदर्शनकारी शिक्षकहरू बीचको लेनमा मात्र बसेर दुबै साइडबाट सवारीसाधनलाई चल्न दिने सहमति अनुसार प्रदर्शन गरिरहेका थिए। तर आजको प्रदर्शनले सो सहमति कार्यान्वयन हुन नसकेको देखिएको छ।

शिक्षकहरूले आफ्नो मागप्रति सरकारले चासो नदिएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्। यता, प्रहरीले शान्तिपूर्ण प्रदर्शनका लागि आग्रह गर्दै आउन सक्ने अवरोध न्यून बनाउन आवश्यक पहल भइरहेको जनाएको छ।