भर्जिनिया – नेपाली लेखक तथा पूर्व पत्रकार पाशुपति घिमिरेद्वारा लेखिएको ‘वान्डरिङ वर्ड्स’ र ‘थ्री डाइमेन्सन अफ बुद्विज्म’ नामक दुई पुस्तक अमेरिकी सिनेटर स्कायलर टी। भ्यान भाल्केनबर्गले एक समारोहबीच विमोचन गरेका छन्।
नेपाली नयाँ वर्ष २०८२ को अवसरमा आयोजित उक्त कार्यक्रममा लेखक घिमिरे, रिचमन्ड नेपाली समुदाय अध्यक्ष चन्द्र मल्ल, एनसीसी सदस्य घनेन्द्र लामिछाने, रोशन घिमिरेलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।
‘वान्डरिङ वर्ड्स’ एक यात्रा वृत्तान्त हो जसमा लेखकले उत्तर अमेरिका, युरोप र एसियाका १० देशको यात्रा अनुभव प्रस्तुत गरेका छन्। पुस्तक अमेजन र किंडलमा उपलब्ध छ।
उक्त कार्यक्रममा सिनेटर भ्यान भाल्केनबर्गले भर्जिनिया राज्यको तर्फबाट रिचमन्ड नेपाली समुदायलाई सम्मानपत्र प्रदान गर्दै समुदायको योगदानको प्रशंसा गरे।
सांस्कृतिक र साहित्यिक योगदानसहित नेपाली समुदायको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो।