पोखरा– पोखरा विमानस्थल निर्माणबारे अध्ययन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।
उपसमितिका संयोजक सांसद राजेन्द्र लिङ्देनले पोखरा विमानस्थलमा ठेक्का प्रक्रियाको प्रारम्भदेखि नै अनियमिता र भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै थप अध्ययन र दोषीलाई कारावही गर्न अख्तियारलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले पोखरा विमानस्थल निर्माणमा ठूलो अंकको भ्रष्टाचार भएको र भ्रष्टाचार गर्नकै लागि बिभिन्न नीतिगत निर्णय गरेको समेत पाइएको बताए । १४ अर्वको लागत अनुमान रहेको परियोजनामा मोलमोलाइबाट २२ अर्ब पु¥याइएको उनले बताए ।
अध्ययनका क्रममा कर छुट दिएर आर्थिक अनियमितता गर्ने काम भएको , निर्माण कार्यक्रममा कमशल सामाग्री प्रयोग गरिएको लगाएतका भ्रष्टाचारका काम देखिएको लिङ्देनले बताए । उपसमितिले विमानस्थललाई पूर्णरुपमा निर्माण गरेर व्यवसायिक सञ्चालनका लागि नेपाल सरकारले पहल गर्नुपर्ने सुझाव दिएको छ ।