काठमाडौं — नयाँ शिक्षा ऐन ल्याउनुपर्ने माग गर्दै शिक्षक तथा विद्यालय कर्मचारीहरूले आज पनि काठमाडौंको माइतीघर–नयाँबानेश्वर क्षेत्रसम्म प्रदर्शन जारी राखेका छन्।


ADVERTISEMENT


ADVERTISEMENT

# # #



अघिल्ला दिनहरूमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरू आज भने राप्रपाको प्रदर्शनलाई ध्यानमा राखी बिहान ९ बजेदेखि १२ बजेसम्म आन्दोलनमा उत्रिएका हुन्। यद्यपि राप्रपाले बिहान ११ बजेदेखि बिजुली बजार क्षेत्रमा भेला हुने कार्यक्रम घोषणा गरेकाले शिक्षकहरूले आफ्नो प्रदर्शन समय छोट्याउने तयारी गरेका छन्।

गत चैत २० गतेदेखि शिक्षकहरूले माइतीघर–नयाँबानेश्वर क्षेत्रमा नियमित प्रदर्शन गर्दै आएका छन्। सरकारले वार्ता प्रक्रिया जारी राखेपनि विद्यालय शिक्षा ऐनको विषयमा सहमति जुट्न नसक्दा, शिक्षकहरूले चैत २५ गतेदेखि शैक्षिक हड्तालको घोषणा गर्दै सम्पूर्ण शैक्षिक गतिविधि ठप्प पारेका छन्।

प्रदर्शनका कारण माइतीघर–बानेश्वर सडकखण्डमा सवारी आवागमनमा समेत अवरोध उत्पन्न भएको छ।

शिक्षकहरूको माग पूरा गर्न सरकार र सम्बन्धित निकायबीच चाँडै सहमति कायम गर्नुपर्ने आवाज चुलिँदो छ।