काठमाडौं–आइसिसी एकदिवसीय विश्वकप छनोटको पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाम्बेसँग ११६ रनले पराजित भएको छ । शनिबार बुलावायोमा जिम्बावेले दिएको ३ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेटको गुमाउँदै २ सय ६४ रन मात्र बनाउन सक्यो।


ADVERTISEMENT


नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान सरद भेषवाकर र आरिफ शेखले अर्धशतक प्रहार गर्दै टिमलाई फराकिलो हारबाट बचाए । आरिफले ५९ बलमा ५ चौकासहित ५० रन बनाए भने शरदले ४८ बलमा ५२ रन जोडे । नेपालले ओपनिङ ब्याट्सम्यान दिलीप नाथ २ रनमा गुमाउँदा कप्तान पारस खड्काले ४० रनको योगदान गरे।


ADVERTISEMENT

# # #


पारसले ३७ बल खेल्दै ८ चौकाहसित ४० रन प्रहार गरेका थिए । यस्तै ३२ बल खेल्दै २ चौकासहित दिलिपकुमार पौडेलले ३० रन बनाए ।

दीपेन्द्रसिंह ऐरीले २३ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे । ओपनर ज्ञानेन्द्र मल्ल ३२ रनमा आउट भए । उनले ५९ बलमा ३ चौका प्रहार गरे। बसन्त रेग्मीले २ रन बनाएर आउट भए भने सोमपाल कामीले १२ र सन्दिप लामिछानेले ७ रन बनाएर नटआउट रहे ।

जिम्बाम्बेका लागि सिकन्दर राजाले ३ तथा ब्रियन भिटोरीले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली जिम्बावेले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ८० रनको विशाल योगफल तयार गर्‍यो ।

जिम्बावेका लागि २ ब्याट्सम्यानले शतकीय पारी खेले । सिकान्दर राजाले १ सय २३ रन जोडे भने सिकन्दरले ब्रेन्डरले १०० रन बनाए । जिम्बावेका ओपनर सोलोमोन मिराले अर्धशतकीय पारी खेलेका थिए । उनले ४१ बलको सामना गर्दै ३ छक्का र ५ चौकाको मदतमा ५२ रनको पारी खेले । अर्का ओपनर सेफास झुआवले ४१ रनको इनिङ खेले ।

नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट हात पारे । सन्दीप लामिछाने र ललितले १–१ विकेट लिए । जिम्बावे विरुद्धको खेलमा डेब्यू गरेका नेपालका स्पिनर ललितनारायण राजवंशीले विकेट लिन सफल भएका हुन् । नेपालले टेस्ट राष्ट्र जिम्बावेविरुद्ध पहिलोपटक एकदिवसीय खेल खेलेको हो ।

आफ्नो समूहमा अफगानिस्तान, स्कटल्याण्ड र हङकङसँग पनि प्रतिस्पर्धा गर्ने नेपालले सहभागी १० टोलीमध्ये शीर्ष ६ मा पर्ने लक्ष्य लिएको छ । समूह बीमा रहेको नेपाल समूह चरणको खेल पश्चात शीर्ष तीन भित्र रहन सके सुपरसिक्समा प्रवेश पाउँनेछ । यो सँगै नेपालले चार वर्षका लागि एकदिवसीय मान्यता प्राप्त गर्नेछ ।

त्यस्तो हुँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीले ठूलो उपलब्धि हात पार्छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले १३ देश सम्मिलित एक दिवसीय लिग प्रतियोगिता गराउने भनिरहेको छ । त्यसमा छनोट हुन सके देशभित्र र बाहिर गरी ३६ वटा सम्म म्याच खेल्न पाउँनेछ ।

त्यसबाहेक क्रिकेट विकासका लागि आइसिसिले थप रकम पनि उपलब्ध गराउँछ । यदि डिभिजन १ मा नै रहिरहे कस्तो खालको प्रतियोगिताहरू खेल्न पाउँने त्यो अहिले तय भइसकेको छैन ।

विश्वकप छनोट अन्तर्गत नेपालका अबको खेलतालिकाः

नेपाल भर्सेस स्कटल्याण्डः फागुन २४, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब
नेपाल भर्सेस अफगानिस्तानः फागुन २६, दिउँसो १ बजेर १५ मिनेट, बुलावायो एथ्लेटिक्स क्लब
नेपाल भर्सेस हङकङः फागुन २८, दिउँसो १ बजेर १५ मिनेट, क्वीन्स स्पोर्टस क्लब