काठमाडौं – राष्ट्रिय जनता पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोले नयाँ नेपाल निर्माणका लागि अबको सरकारले दिल खोलेर लाग्नुपर्ने बताएका छन् । संसदलाई हिन्दी भाषामा सम्बोधन गर्दै नेता महतोले पुरानो मानसिकता र सोच त्यागेर मात्रै नयाँ नेपाल निर्माण सम्भव रहेको बताए ।


ADVERTISEMENT


‘‘आजको दिन भावुकताले भरिएको दिन हो । हामीले अब नयाँ इतिहास रच्नु पर्नेछ,’’ उनले हिन्दीमा भने, ‘‘त्यसका लागि अत्यन्तै सावधानी र सतर्कता अपनाउन र पुरानो मानसिकता त्याग्न जरुरी छ ।’’


ADVERTISEMENT

# # #


हिमाल, पहाड, तराई–मधेशका सबैले भावनाको कदर गर्नुपर्नेमा जोड दिँदै महतोले सबै जातजाति, धर्म–समुदाय र भाषा–भाषीको पीडालाई आफ्नो पीडा सम्झिन सकेमात्रै नयाँ नेपाल निर्माण सम्भव रहेको बताए ।

‘हामी सबैले एक–अर्काको भावनालाई मानसम्मान गर्दै एकताको भावना ल्याउन जरुरी छ,’’ उनले भने, ‘‘नेपाल हामी सबैको देश हो भन्ने भावना बुझ्न जरुरी छ ।’’ कसैले पनि कसैको पहिचानमा ठेस पुग्ने काम गर्न नहुनेमा नेता महतोले जोड दिए ।

जनताको कामका लागि काँधमा काँध मिलाएर आफूहरु हिंड्न तयार रहेको भन्दै उनले देश निर्माणका लागि नस्लीयवाद नभई सम्पूर्ण नेपालीका लागि काम गर्नुपर्ने बताए । यस्तै उनले कारागारमा अनसन थालेका राजपा संसाद रेशम चौधरीलाई सरकारले छाड्नु पर्ने बताए ।

उनले भने, ‘जनताको प्रतिनिधि रेशमलाल चौधरी जस्ता व्यक्ति संसदमा चाहिन्छ । यसका लागि सरकारले वातावरण मिलाउन म आग्रह गर्छु ।’