काठमाडौं– संघीय समाजवादी फोरममा अध्यक्ष एवं सांसद उपेन्द्र यादवले भष्ट्राचार र कमिसनतन्त्रलाई नियन्त्रण नगरी मुलूकमा विकास र समृद्धि ल्याउन नसकिने बताएका छन् ।


ADVERTISEMENT


आजको प्रतिनिधी सभाको बैठकमा बोल्दै यादवले भने, ‘जतिसुकै आदर्शका कुरा गरेपनि कालोधन नियन्त्रण नगरेसम्म देशमा विकास र समृद्धि हुन सक्दैन । भष्ट्राचार र कमिसनतन्त्रले देशलाई डुबाउँदै छ । यसको बारेमा सोच्नुपर्ने छ ।’ बजारमा राज्यले नियन्त्रण र नियमन नगरेसम्म लोक कल्याणकारी राज्य स्थापना हुन नसक्ने उनले बताए । मुलुकमा कालो धनको सुरुवात साधारण जनताले कल्पनै गर्न नसक्ने किसिमका निर्वाचन खर्च प्रणालीबाट भएको उनको भनाई थियो ।


ADVERTISEMENT

# # #


यस्तै उनले स्थानीय निर्वाचन, प्रतिनिधी सभाको निर्वाचन सकेर संसदमा आएको बताउँदै यसलाई संस्थागत गर्न संविधान सच्याउदै परिमार्जन गर्दै सबै समुदायले मेरो संविधान भनेर गर्व गर्ने अवस्थासम्म पुर्याउनुपर्नेमा जोड दिए ।

उनले जनतामा राष्ट्रियता जोडिएन भने सेना, संविधान, सरकार नमान्ने बताए ।