काठमाडौँ – थाइल्यान्डसँग दुई मैत्रीपूर्ण फुटबल खेल्न जान लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरिएको छ ।


ADVERTISEMENT


मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राइ लगाएतले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदाई गरेका हुन् । एफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोटको तयारीस्वरूप नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण फुटबल खेल लागेको हो ।


ADVERTISEMENT

# # #


विदाई कार्यक्रममा नेपाली महिला राष्ट्रिय टिमकी कप्तान एन्जिला तुम्बाप्पो सुब्बाले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल नेपालका लागि कमिकमजोरी सुधार गर्ने अवसर भएको बताइन् । उनले थाइल्यान्ड नेपालभन्दा बलियो टीम भएकाले उच्च मनोवलका साथ मैदान उत्रने उल्लेख गरिन् । मैत्रीपूर्ण खेलका लागि राम्रो तयारी भएको उनले बताइन् ।

त्यस्तै महिला राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले एफसी महिला एसियन कपको तयारीका लागि मैत्रीपूर्ण खेल महत्वपूर्ण भएको बताइन् । बलियो टीमसंग खेल्दा आफ्ना कमीकमजोरी पत्ता लगाउन सहज हुने र आगामी दिनमा त्यसलाई सुधार गर्न सहज हुने उनको भनाइ छ ।

नेपालले बैंककमा यही जेठ १६ र १९ गते थाइल्यान्डसँग दुई मैत्रीपूर्ण फुटबल खेल्नेछ ।