नयाँ दिल्ली – भाजपाका नेता विजय जोलीले भारतका लागि ब्राजिलका राजदूत महामहिम केनेथ फेलिक्स हाजिन्स्की दा नोब्रेगालाई पारम्परिक दोसल्ला सहित सम्मान गरेका छन् ।
उनले नयाँ दिल्लीमा एक विशेष कार्यक्रमका क्रममा फूलको गुच्छा, अयोध्याको राम मन्दिरको प्रतिकृति र पारम्परिक दोसल्ला सहित सम्मान गरेका हुन् ।
सो अवसरमा भाजपा नेता विजय जोलीले राजदूतलाई सम्मान गर्दै भने, “भारत–ब्राजिल मित्रता अमर रहोस्।” उनले संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध अझ सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरे।
राजदूत नोब्रेगाले सम्मानलाई कृतज्ञतापूर्वक स्वीकार गर्दै भारतको समृद्ध सांस्कृतिक परम्पराप्रति प्रशंसा व्यक्त गरे र दुबै देशबीचको मित्रवत सम्बन्ध अझ विस्तार हुने विश्वास व्यक्त गरे।