काठमाडौँ– विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा आफुहरुको आन्दोलन जारी नै रहेको स्पष्ट पारेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुने बितिकै विपक्षी दलका सांसदहरु उठेका थिए । त्यसपछि सभामुख घिमिरेले माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए ।
उनले भिजिट भिसा प्रकरणमा आफूहरु आन्दोलनमै रहेको स्पष्ट पारे । आर्थिक सर्वेक्षणका साथै बजेट ल्याउने संवैधानिक प्रक्रिया भएकाले त्यसलाई मात्रै आफुहरुले सहयोग गरेको उनले बताए ।
उनले भिजिट भिसा प्रकरण गृहमन्त्रीले पत्रकार सम्मेलनमार्फत भ्रम छर्न खाजेको भन्दै कर्मचारीलाई मात्रै दोष देखाएर कोहि उम्कन नपाउने धारणा राखे ।
पाण्डेले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागिरहने पनि उल्लेख गरे ।