दमक – प्राइम कमर्सियल बैंक लिमिटेड, कोशी प्रदेशद्वारा आयोजित फुट्सल प्रतियोगिता आज दमकमा सफलतापूर्वक सम्पन्न भएको छ।
प्रदेशभरका शाखाहरूको सहभागितामा आयोजित प्रतियोगितामा ६ वटा टिमहरूले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा इटहरी एरियाको टिमले दमक एरियाको टिमलाई १–० गोलले पराजित गर्दै उपाधि हात पारेको छ। प्रतिस्पर्धात्मक खेलमा इटहरी टिम विजयी हुँदै पहिलो स्थानमा रह्यो।
कार्यक्रमको उद्घाटन बैंकका कोशी प्रदेश प्रमुख रविन्द्र अर्यालले खेलाडीहरूलाई बल हस्तान्तरण गरे । प्रतियोगिताको समग्र समन्वय फुट्सल प्रतियोगिता समन्वय इकाईका प्रमुख ऋषीराम भट्टराईले गरेका थिए ।
उक्त प्रतियोगिता शाखा कर्मचारीहरूबीच आपसी सहकार्य, खेल भावना र टिमवर्क प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।